प्रधानमन्त्रीद्वारा ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’को शिलान्यास

राजविराज, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तरी सदरमुकाम राजविराजस्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास गरेका छन् ।

वडा नम्वर १० विरौलमा निर्माण हुन लागेको प्रतिष्ठानको आज भर्चुअल माध्यमबाट प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् । कुल ११ अर्ब ९८ करोडको अनुमानित लागतमा ६२ विघा जग्गामा प्रतिष्ठान निर्माण हुन लागिएको हो ।

प्रतिष्ठानको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) कालागि १५ करोड रुपैयाँ छुट्याइएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका निर्देशक डा.रणजीत कुमार झाले जानकारी दिए । ‘डिपिआर गर्न करिब ५/६ महिना समय लाग्छ’, उनले भने ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, मधेश आयोगकी सदस्य आभासेतु सिंह, पूर्व सिंचाई मन्त्री उमेश कुमार यादव, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, नेकपा एमालेका केन्द्रीय सदस्य सुखराम यादव, जनता समाजवादी पार्टी प्रदेश २ का सचिव दिनेश यादव र जिल्ला अध्यक्ष केदार प्रसाद यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, राजविराज नगरपालिकाकी उप–मेयर साधन झा, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस