कोभिड–१९ विरुद्ध दोस्रो मात्राको खोप लगाएकै दिन सप्तरीमा एक जनाको मृत्यु

राजविराज, २७ असार । कोभिड–१९ विरुद्ध दोस्रो मात्राको खोप लगाएकै दिन सप्तरीमा एक जनाको मृत्यु भएको छ । तिलाठी कोइलाडी गाउँपालिका–७ का ६५ देवराम मण्डलले हिजो (शनिवार) दिउँसो १२ बजेतिर प्राथमिक स्वास्थ्य सेवा केन्द्र तोपा पुगेर दोस्रो मात्राको खोप लगाएका थिए ।

साँझ मण्डललाई असहज भएपछि उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने क्रममा गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

‘यद्यपी, उहाँको मृत्युको कारण भने खोप होइन्, उहाँले दिउँसो १२ बजेतिर नै दोस्रो मात्राको खोप लगाएको देखिन्छ’ उनले भने–‘र पछि गाउँकै एउटा पञ्चायतीमा सहभागी भएर साँझ मदिरा सेवन गरेपछि उहाँलाई असहज भएको बुझियो ।’

सोहीसँगै उनलाई उपचारको लागि अस्पताल ल्याउन लागिएकोमा बाटैमा उनको मृत्यु भएको निमित्त प्रमुख यादवले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस