प्रदेश २ मा यतिले लगाए कोरोना विरुद्धको खोप

जनकपुरधाम । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बँच्न अहिले नेपालमा पनि खोप अभियान सञ्चालन गरिएको छ।

नेपाल सरकारले कोरोना विरुद्धको खोप लगाउने अभियान माघ १४ गतेदेखि सञ्चालन गरे पनि प्रदेश २ मा खोप अभियान प्रभावकारी हुन सकेको छैन।

खोप अभियान सञ्चालन गरेयता यस प्रदेशमा ७८ हजार ६ सय २८ जनाले मात्र खोपको दुवै डोज लगाउन सकेको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ।

यस प्रदेशमा कोभिसिल्ड खोपको दुवै डोज ४२ हजार ६ सय २५ जना र भेरोसेलको दुवै डोज ३६ हजार ३ जनाले मात्र लगाउन पाएका छन्।

भारतले कोभिसिल्ड भ्याक्सिन निर्यात बन्द गरेकाले पहिलो डोज लगाउनेहरू अन्योलमा छन्।

पहिलो डोज लगाएपछि दोस्रो डोज निर्धारित समयमा लगाउनुपर्ने रहे पनि सरकारले भ्याक्सिन उपलब्ध गराउन नसक्दा पहिलो डोज व्यर्थ जाने देखिएको छ।

स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले अन्य देशबाट कोभिसिल्ड भ्याक्सिन ल्याउने प्रयास भइरहेकाले समयमा आए कोभिसिल्ड नै दिइने नत्र विकल्प खोजिने बताए।

उनले भने, ‘निर्धारित समयमा दोस्रो डोज लगाइएन भने भेरोसेलकै भ्याक्सिन सुरुदेखि नै लगाउनुपर्छ। हामी माथिको निर्देशनको पर्खाईमा छौँ।’

प्रदेशमा कोभिसिल्डको पहिलो डोज ३ लाख १९ हजार ४ सय ५ जनाले लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकारी सरोजकुमार यादवले जानकारी दिए।

त्यस्तै, भेरोसेलको पहिलो डोज ७२ हजार ९ सय ८५ जनाले लगाएका छन्। कोभिसिल्ड भ्याक्सिन लगाउने अधिकांश वृद्ध छन्। फागुन २३ गतेदेखि २७ गते सम्म ६५ वर्षभन्दा माथिका २ लाख ६६ हजार ३ सय ५७ जनाले खोप लगाएका थिए तर दोस्रो डोज नभएकाले तिनीहरू अझै भ्याक्सिनको दोस्रो डोजको पर्खाइमा छन्।

कुन जिल्लामा कति जनाले लगाए भ्याक्सिन ?

सप्तरीमा ४२ हजार १ सय ५६ जनाले पहिलो र ५ हजार ८ सय ८६ जनाले कोभिसिल्डको दोस्रो डोज लगाएका छन् भने भेरोसेलको १० हजार २० जनाले पहिलो र २ हजार ३५ जनाले दुवै डोज लगाएका छन्।

त्यस्तै, सिरहामा कोभिसिल्डको ४० हजार ३ सय ८४ जनाले पहिलो र ४ हजार ४ सय ८ जनाले दुवै डोज लगाएका छन्।

भेरोसेलको ९ हजार ७ सय ५६ जनाले पहिलो र ६ हजार ६ सय ७७ जनाले दुवै डोज लगाएका छन्।

धनुषामा ४१ हजार ४ सय ७० जनाले कोभिसिल्डको पहिलो र ९ हजार १ सय ५८ जनाले दुवै डोज लगाएका छन्।

भेरोसेलको भ्याक्सिन १३ हजार ४ सय ८७ जनाले पहिलो र १० हजार ६ सय २७ जनाले दुबै डोज लगाएका छन्।

महोत्तरीमा ३३ हजार २ सय ५० जनाले कोभिसिल्डको पहिलो र ४ हजार ५ सय ९९ जनाले दुबै डोज लिएका छन्।

भेरोसेलको ८ हजार ४४ जनाले पहिलो र ५ हजार २१ जनाले दुवै डोज लिएका छन्। सर्लाहीमा ५७ हजार ९२ जनाले कोभिसिल्डको पहिलो डोज र ३ हजार ७ सय २७ जनाले दुवै डोज लिएको तथा भेरोसेलको ११ हजार १ सय ८९ जनाले पहिलो र २ हजार ५६ जनाले दुबै डोज लिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

रौतहटमा ३३ हजार २ सय ५७ जनाले कोभिसिल्डको पहिलो डोज लगाउँदा ३ हजार ६ सय २१ जनाले मात्र दोस्रो डोज लगाउन सकेका छन्।

भेरोसेलको ५ हजार ७ सय ३४ जनाले खोप लगाउँदा ५ हजार ८६ जनाले दुबै डोज लगाएका छन्।

बारामा ३३ हजार १५ जनाले पहिलो डोज लगाउँदा ४ हजार ३ सय ९६ जनाले मात्र कोभिसिल्डको दोस्रो डोज लगाउन सकेका छन्। भेरोसेलको ८ हजार ७ सय ८० जनाले लगाउँदा २ हजार ४ सय ८१ जनाले दोस्रो डोज लगाएका छन्।

पर्सामा कोभिसिल्डको ३८ हजार ७ सय ८१ जनाले भ्याक्सिन लगाउँदा ७ हजार ५ सय ३४ जनाले मात्र दुवै डोज लगाउन सकेका छन्। भेरोसेलको ५ हजार ९ सय ७५ जनाले लगाउँदा २ हजार २० जनाले दोस्रो डोज लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780