पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

जनकपुरधाम । पछिल्लो २४ घण्टामा १ हजार ८७५ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार ८५८ पीसीआर र ३ हजार २०८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ६५ हजार ८८६ पुगेको छ। गत २४ घण्टामा २ हजार १६४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ३० हजार ४०७ पुगेको छ।

उक्त अवधिमा २१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस