जनकपुर–जयनगररेलवे ट्र्याक परीक्षण सफल

काठमाडौं, ४ साउन । ३५ किलोमीटर लामो जनकपुर–जयनगरको रेलवे ट्र्याक तथा गति (स्पीड) परीक्षण सफल भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रको उक्त रूटमा रेल सञ्चालनका लागि आइतवार गरिएको रेलवे ट्र्याकको संरचनाका साथै स्पीड परीक्षण सफल भएसँगै नेपालले गत असोज २ गते खरीद गरी पार्किङमा राखेका दुईओटा रेल सञ्चालनका लागि बाटो खुलेको छ । यद्यपि नियमित रूपमा ती रेल कहिले सञ्चालन हुन्छन् भन्ने विषय भने यकिन भइसकेको छैन ।

अन्तरदेशीय रेलमार्ग सञ्चालनका लागि नेपाल रेलवे कम्पनीले आइतवार भारतको रेल ल्याएर ट्र्याक परीक्षण गरेको हो । कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भारतको विहारस्थित जयनगर स्टेशनदेखि नेपालको जनकपुर कुर्था स्टेशनसम्म परीक्षणका लागि सञ्चालन गरिएको रेल २३ मिनेटमा आइपुगेको जानकारी दिए । जयनगरबाट नेपालकोे रूटमा आउँदा लगभग प्रतिघण्टा ६० किलोमीटर ९किमी०को गति रहेको भन्दै उनले जनकपुरको कुर्था स्टेशनबाट फर्किंदा भने प्रतिघण्टा ११५ किमीको गति रहेको जानकारी दिए ।

‘परीक्षण र सर्टिफिकेशन गर्ने काम भारतीय पक्षको हो,’ भ्यराईले भने, ‘ट्र्याकका संरचनाको वस्तुस्थिति थाहा नहुँदै नयाँ रेल परीक्षणमा लैजाँदा क्षति हुने सम्भावना भएकाले भारतीय रेलबाट परीक्षण गरिएको हो,’ उनले भने । परीक्षण र सर्टिफिकेशनको काम सफल भएसँगै कम्पनी नियमित रूपमा रेल चलाउन तयारी अवस्था रहेको उनको भनाइ छ । नयाँ सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नेतृत्व आएपछि र दुवै देशको समन्वयमा मिति तोकी औपचारिक उद्घाटन भएपछि मात्रै रेल नियमित चल्ने उनको भनाइ छ ।

‘भाडादर, जनशक्ति र ट्र्याक परीक्षणसमेत सफल भएकाले यो रूटमा रेल सञ्चालन गर्न तयारी अवस्थामा छौं,’ भट्टराईले भने, ‘तर, औपचारिक रूपमा उद्घाटन र भवन तथा अन्य संरचना भारततर्पmबाट हस्तान्तरण नहुँदासम्म नियमित सञ्चालन गर्न सकिँदैन ।’ परीक्षण तथा जनशक्ति तयारी अवस्थामा भएसँगै अब सरकारले मन्त्रालयमा कहिले नेतृत्व पठाउँछ भन्ने निर्णयको पर्खाइमा कम्पनी रहेको छ ।

रेल सञ्चालनका लागि भाडादरसमेत निर्धारण गरिएको छ । न्यूनतम रू। १५ सम्म तोकिएको र प्रतिघण्टाका हिसाबले रू। २ थपिँदै जाँदा उक्त रूटमा आवतजावत गर्दा प्रतियात्रुले रू। ७५ सम्म तिर्नुपर्ने व्यवस्था गरिएको छ । आर्थिक अभियान दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस