कोसीमा डुबेर ८ वर्षीय बालकको मृत्यु

राजविराज । कोसीमा दाउरा छान्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ। भारतको विहार राज्य सुपौल जिल्ला कुनौली ग्राम पञ्चायत–७ का सीताराम मुखियाको ८ वर्षीय छोरा विकासकुमारको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार

भारतको विहारमा घर भएका बालक हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित आफ्नो मामाघर आएका थिए । उनले दाउरा छान्न कोसीमा गएकोमा आज करिब साढे चार बजे डुबेर मृत्यु भएको प्रवक्ता काफ्लेले बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस