पाँचवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

जनकपुरधाम । आज देशभर बदली रही धेरै स्थानहरूमा पानी पर्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने छ ।

अहिले देशभर बदली रही प्रदेश १, बागमती र गण्डकीलगायत प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

भोलि देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने छ । प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

बिहीबार देशभर बदली रहने छ भने धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

आगामी २४ घण्टामा देशका धेरै स्थानमा पानी पर्ने तथा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने छ । जसका कारण पहिरो तथा गेग्रान बहाव एवं नदीनालामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

Author:



क्याटोगरी छान्‍नुहोस