कक्षा १२ को परीक्षा रोक्न विवेकशील साझा पार्टीको माग

जनकपुरधाम । विवेकशील साझा पार्टीले कक्षा १२ को परीक्षा रोक्न माग गरिएको छ । बुधवार पार्टीका संयोजक मिलन पाण्डेले सामाजिक संजालमा कक्षा १२ को परीक्षा रोक्न माग गरेका हुन् ।

सामाजिक संजालमा लेख्दै संयोजक मिलन पाण्डेले भने–‘विना तयारीको यो परीक्षा रोकौँ । यो परीक्षा होईन, यो विद्यार्थी र अभिभावकलाई तनाव हो ।’

उनले अनलाइन परीक्षा गराउनुपर्ने वा भ्याक्सिन लगाएर मात्रै परीक्षा गराउन सुझाएका छन् । ‘परीक्षा अनलाइन गराऔँ वा भ्याक्सिन लगाएर मात्र परीक्षा गरौँ। परीक्षा केहि समय ढिलो भएर केहि हुन्न । परीक्षाभन्दा स्वास्थ्य ठुलो हो ।’

राष्ट्रिय परीक्षा बोर्डले यही ३१ साउनदेखि ९ भदौसम्म ‘होमसेन्टर’मै परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस