थप ४ हजार १०७ काेराेना संक्रमित थपिए, ३५ जनाको मृत्यु

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १०७ जना कोभिड संक्रमित थपिएका छन् । १६ हजार २५८ ओटा नमुनाको परीक्षण गर्दा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुगेकोे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस