काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन हजार ९३८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । १८ हजार ४०८ वटा स्वाब नमुनाको परीक्षण गर्दा तीन हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार ९९४ पुगेकोे छ ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।