सप्तरी र सिरहामा एक वर्षमै २२ हजार बढीले लिए नागरिकता

जनकपुरधाम । एक वर्षमा सप्तरी र सिरहामा २२ हजार भन्दा बढीले नेपाली नागरिकता लिएका छन्।
आर्थिक वर्ष २०७७/७८ को साउनदेखि असारसम्ममा सप्तरी र सिरहामा २२ हजार २ सय ९७ जनाले नेपाली नागरिकता लिएका हुन् ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कँडेलका अनुसार सिरहामा मात्र आर्थिक वर्ष २०७७/७८ को साउनदेखि असारसम्ममा १२ हजार १ सय २१ जनाले नेपाली नागरिकता लिएका हुन् ।

उनका अनुसार कोरोना संक्रमणका कारण निषेधाज्ञा लगाए पनि नागरिकता बनाउनेको संख्यामा भने कमी आएन ।

यस्तै सप्तरीमा १० हजार बढीले नागरिकता लिएका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार आर्थिक वर्ष २०७७/७८ को साउनदेखि असारसम्म सप्तरीमा १० हजार १ सय ७६ जनाले नेपाली नागरिकता लिएको जानकारी दिए ।

आचार्यका अनुसार सप्तरीमा पछिल्लो तीन महिनामा दुई सय जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । गत वैशाख, जेठ र असार मसान्तमा गरी दुई सय जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका हुन् । यस्तै यही आर्थिक वर्षमा ४५३ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस