साउन २४ देखि जिप्रका पर्साबाट नियमित सेवा प्रदान गरिने

वीरगञ्ज । कोरोना संक्रमणका कारण जिल्ला प्रशासन कार्यालय पर्साले स्थानीय तहअनुसार प्रदान गर्दै आएको सेवा अब नियमित रुपमा दिने भएको छ।

जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै अगामी साउन २४ गतेदेखि नियमित रुपमा सबै स्थानीय तहहरुलाई सेवा प्रदान गरिने जनाएको हो।

हाल कोरोना संक्रमण जिल्लामा घट्दै गएको तथा सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै नियमित सेवा सुचारु गर्न लागिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए।

साउन २४ गतेदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ सबै स्थानीय तहका सेवाग्राहीहरुलाई नियमित सेवा प्रदान गरिने पौडेलले बताए।

जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि गत असार ६ गतेदेखि स्थानीय तहअनुसार आलोपालो रुपमा जिल्ला प्रशासन कार्यालयले सेवा प्रदान गर्दै आएको थियो।

Author:



क्याटोगरी छान्‍नुहोस