सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

बिराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४, चिरौली चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

को८प ४११५ नम्बरको मोटरसाइकल हिजो बेलुका करिब पौने ९ बजे अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका ३५ वर्षीय हेमन्त उराउको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलसहित चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस