आजको मौसम : धेरै स्थानमा पानी पर्ने, प्रदेश १ र बागमतीमा भारी वर्षाको सम्भावना

जनकपुरधाम । आज देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । अहिले देशका अधिकांश भू-भागमा बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।

भोलि देशभर बदली रही धेरै स्थानमा पानी पर्नेछ । प्रदेश १ का एक/दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

त्यस्तै मंगलबार देशभर बदली रही केही स्थानमा पानी पर्नेछ । बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । मंगलबार राति प्रदेश १ का एक/दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने छ ।

आगामी २४ घण्टामा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र बाग्मती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्नेछ । जसका कारण पहिरो तथा गेग्रान बहाव एवं नदीनालामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस