सप्तरीमा ट्यांकरको ठक्करबाट ६५ वर्षीया महिलाको मृत्यु

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका–६, कठौनामा ट्यांकरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

बाराको आदर्श कोतवाल गाउँपालिका–३ की ६५ वर्षीया मलादेवी गिरीको मृत्यु भएको हो । ना४ख २८०० नम्बरको बसबाट ओर्लिएर सडक पार गर्दै गरेकी उनलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख २४४१ नम्बरको ट्यांकरले हिजो बेलुकी करिब पौने ९ बजे ठक्कर दिएको थियो ।

उपचारको लागि रुपनीस्थित युनिक अस्पताल पुर्‍याउना साथ गिरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । ट्यांकरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस