प्रदेश १ मा थप एक हजार ७१ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५२८ र १ हजार ७५३ जनाको एन्टिजेन परीक्षणगर्दा ५४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८१, झापामा १७९, सुनसरीमा १३७, धनकुटामा १०, इलाममा ५, उदयपुर र संखुवासभामा ३–३, पाँचथर र भोजपुरमा २–२ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ ।

मोरङको लेटाङमा ४८, विराटनगरमा ४२, बेलबारीमा २१, सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १८,  केराबारीमा ९, उर्लाबारी र स्थानीय तह नखुलेका ७–७, कानेपोखरीमा ३, ग्रामथानमा २, बुढीगंगा, रंगेली, मिक्लाजुङ र रतुवामाईमा १–१, झापाको बिर्तामोडमा ३८, दमकमा २७, भद्रपुरमा २५, कनकाईमा १९, शिवसताक्षीमा १६, अर्जुनधारामा १४, मेचीनगरमा १३,  बुद्धशान्तिमा १५, गौरादह, हल्दीबारी र स्थानीय तह नखुलेका ३–३, बाह्रदशीमा २, कमल गाउँपालिकामा १, सुनसरीको इटहरीमा ७५, धरानमा ४८, इनरुवामा ५, बराहक्षेत्रमा ३, दुहवीमा २, हरिनगर, गढी, रामधुनी र बर्जुमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ७, महालक्ष्मी, शहिदभूमी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ४ र मांसेबुङमा १, उदयपुरमा ३, संखुवासभाको खाँदबारीमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४५५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२२ महिला र २३३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनानएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780