एसिड प्रहार प्रकरणः सफाइ पाएका व्यापारीविरुद्ध पुनरावेदन गर्ने सरकारी वकिलको कार्यालयको तयारी

जनकपुरधाम । एसिड व्यापारीलाई अदालतले सफाइ दिएपछि सरकारी वकिलको कार्यालयले पुनरावेदन गर्ने भएको छ।

जिल्ला अदालत धनुषाले आरती साहमाथि एसिड प्रहार गर्ने उनका श्रीमान्‌लाई दोषी करार गरेको छ भने एसिड बेच्ने व्यापारीलाई सफाई दिएको छ। उक्त फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय धनुषाले पुनरावेदन गर्ने भएको हो।

सरकारी वकिल कार्यालयका मुख्यन्यायाधिवक्ता सीताराम अर्यालले अदालतले श्रीमान्‌लाई दोषी करार गरेपनि एसिड बेच्ने व्यापारीलाई सफाई दिएकोले उक्त आदेशविरुद्ध पुनरावेदन गर्ने बताए।

उनले भने, ‘हिलो जिल्ला अदालतले श्रीमान्‌लाई दोषी करार दिए पनि एसिड बेच्ने व्यापारीलाई सफाई दिइएको छ। अदालतको पूर्ण फैसला आइसकेपछि हामी पुनरावेदन गर्छौँ।’

सोमबार जिल्ला अदालत धनुषामा न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले आरतीका श्रीमान् सञ्जीव साहलाई दोषी ठहर गरेको थियो भने एसिड व्यापारीलाई सफाई दिएको थियो।

गत कात्तिक १९ गते दिपावलीकै दिन जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित ससुरालीमा गएर श्रीमती आरती साह र छोरी रियामाथि २६ वर्षीय सञ्जीव साहले एसिड प्रहार गरेका थिए।

अनुसन्धानको क्रममा सञ्जिवले नागेन्द्र साहसँग एसिड खरिद गरेको खुलेको थियो।

Author:



क्याटोगरी छान्‍नुहोस