बोदे बरसाईनमा पोखारीमा डुबेर एक किशोरको मृत्यु

राजविराज । सप्तरीको बोदे बरसाइन नगरपालिका(२ स्थित योगियामा आज पोखरीमा डुबेर एक जना किशोरको मृत्यु भएको छ । स्थानीय तेज नारायण चौधरीको १८ वर्षीय छोरा इन्द्र नारायण चौधरीको पोखरीमा डुबेर मृत्यु भएको हो ।

नुहाउने क्रममा इन्द्र नारायणको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माघव प्रसाद काफ्लेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस