आज नाग पञ्चमी : घरघरमा नागको पूजा आराधना गरिँदै

जनकपुरधाम । हिन्दू परम्परा अनुसार प्रत्येक वर्ष मनाइने नाग पञ्चमी पर्व आज नागको पूजा गरी मनाइँदै छ । घरको मूल ढोकामा नागको चित्र टाँसेर पूजा गर्ने परम्परा छ । नागका १२ नाम रहे पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक परम्परा छ ।

मूलढोकामा नागको तस्बिर टाँसेर पूजा गरेको खण्डमा वर्षभर घरमा नाग, सर्प, बिच्छीलगायत जीवले दुःख नदिने विश्वास छ ।

आज बिहानैदेखि काठमाडौं उपत्यकाका नागपोखरी, टौदह, सिद्धपोखरीलगायत नागदह, कुण्ड र नागस्थानमा गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार चढाएर नागको पूजा गर्नेहरूको घुइँचो लाग्ने गरेको छ ।

वैज्ञानिकरूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।

Author:



क्याटोगरी छान्‍नुहोस