संक्रमण बढेपछि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कजेलहरु सूचीकृत गर्न गृहको निर्देशन

जनकपुरधाम  । सरकारले कोरोना महामारी व्यवस्थापनका लागि अस्पतालहरुलाई सूचीकृत गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

गृह मन्त्रालयलले तेस्रो लहरको संभावना र जोखिमलाई मध्यनजर गरी आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कजेलहरु सूचीकृत गर्न निर्देशन दिएको हो। गृह मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै जिल्ला प्रशान कार्यालयलाई पाँच वटा निर्देशन दिएको छ।

अस्पतालहरुको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र (एचइओसी) मा पठाउने, सूचीकृत अस्पतालहरुमा संक्रमितको तथ्यांक/विवरण दैनिक रुपमा अनिवार्य अध्यावधिक गराउन पनि गृहले भनेको छ।

यस्तै, मासिक अध्यावधिक विवरण एकिन गरी निशुल्क उपचार भएका संक्रमितहरुको विवरण सम्बन्धित अस्पतालहरुलाई सोध भर्नाका लागि एचइओसीमा पठाउने र सूचीकृत अस्पतालहरुको नियमित सुपरिवेक्षण अनुगमन गर्न गृह मन्त्रालयको निर्देशन छ।

कोरोना संक्रमण दर कम हुँदै गएपछि सरकारले सूचीकृत गरेका अस्पताल स्थगित गरेको थियो। हाल कोरोना संक्रमणदर बढ्दै गएपछि सरकारले स्थगित गरेका ती अस्पतालहरु पुनः सूचीकृत गर्न निर्देशन दिएको हो।

Author:



क्याटोगरी छान्‍नुहोस