एन्टाको छैठो महाधिवेशन स्थगित, अर्को वर्ष हुने

काठमाडौँ, ३० साउन । अमेरिकामा बसोवास गर्ने नेपालका तराईवासीहरुको संस्था एसोसिएसन अफ नेपाली तराइयन इन अमेरिका (एन्टा)ले यस वर्ष हुने आफ्नो छैठो महाधिवेशन स्थगित गरेको छ । एन्टाले हालै प्रेस विज्ञप्ति जारी गरेर कोरोना महामारीको विषम परिस्थितिका कारण यस वर्ष हुने महाधिवेशन स्थगित गरिएको जनाएको छ ।

विज्ञप्तिमार्फत नै एन्टाले महाधिवेशन अर्को वर्ष अर्थात् सन् २०२२ मा सम्पन्न गरिने जानकारी पनि दिएको छ । एन्टाका अध्यक्ष अपराजिता झाले अमेरिकामा कोरोना भाइरसको डेल्टा भेरियन्टको बढ्दो प्रकोपको कारण यस वर्षको महाधिवेशन स्थगित गरिएको जानकारी दिए ।

डेल्टा भेरियन्टको बढ्दो प्रकोपका साथै एन्टाका सदस्यहरु नेपालको तराई क्षेत्रमा राहत वितरण कार्यमा नियमित रुपमा व्यस्त रहेकाले यस वर्ष महाधिवेशन आयोजना गर्न असम्भव रहेको झाले बताए । उनले आउँदो नोभेम्बर महिनामा वार्षिक बैठक बसेर सन् २०२२ मा गरिने महाधिवेशनको मिति र स्थान तय गरिने जानकारी दिए ।

एन्टाको विधानअनुसार यसको महाधिवेशन प्रत्येक दुई वर्षमा हुने गर्दछ । सन् २०१९ मा सम्पन्न एन्टाको पाँचौँ महाधिवेशनले अध्यक्ष झाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यकारिणी समिति चयन गरेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780