मोरङ कारागारका एक कैदीबन्दीको मृत्यु

विराटनगर, ३० साउन । मोरङ कारागारका एक जना कैदीबन्दीको मृत्यु भएको छ । सुनसरीको धरान ८ का ३० वर्षीय सुवास लिम्बुको शनिवार कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जेलर रामप्रसाद पोखरेलले बताए ।

उनको श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो । लागूऔषध मुद्दामा २०७४ चैत २३ गते पक्राउ परेका लिम्बुलाई मोरङ अदालतले ३ वर्ष कैद र १ लाख जरिवाना तोकेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस