शिक्षा क्षेत्रमा छोरा–छोरीलाई बराबरी अवसर दिनुपर्छः मन्त्री साह

राजविराज, ३० साउन । प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले शिक्षा क्षेत्रमा अझैं पनि छोरा र छोरीबीच विभेद कायमै रहेको बताएका छन् । आज सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँमा आयोजना गरिएको साइकल वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘आउने पुस्ता शिक्षित नभएसम्म विकास सम्भव छैन्’ मन्त्री साहले भने–‘विकासको मुख्य श्रोत नै शिक्षा हो, त्यसैले शिक्षा क्षेत्रमा छोरा र छोरीलाई बराबरी अवसर दिनुुपर्छ ।’

उनले सोही अनुसार नै समाजमा चेतना तथा छात्रालाई प्रोत्साहन गर्नकालागि प्रदेश सरकारले साइकल वितरण गर्दै आएको बताए । सोही कार्यक्रममा उमेश्वर आधारभुत विद्यालय लौनियाँमा शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षामा सम्मिलित कक्षा ८ का २५ जना छात्रालाई मुख्यमन्त्री वेटी पढाउ, वेटी बचाउ अभियान साइकल वितरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका निर्वतमान सदस्य कृष्ण देव मण्डलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा स्थानिय नेता महेन्द्र प्रसाद खंग, विद्यालयका प्रधानाध्यापक प्रदिप कुमार मण्डल, तारकेश्वर यादव, तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष दिनेश्वर मिश्र, २ का अध्यक्ष खगेन्द्र मण्डल, स्थानिय श्याम कुमार मण्डल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस