३ हजार ७५ कोरोना संक्रमित थपिए, ३३ जनाको मृत्यु

जनकपुरधाम । नेपालमा थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ९४६ जनाको पीसीआर परीक्षणमा २ हजार ३२१ र ४ हजार ४९२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५४ जनामा कोरोना पुष्टि भएको हो ।

सोही अवधिमा २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा देशभर विभिन्न अस्पतालबाट २ हजार १२६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस