काठमाडौंमा आजदेखि ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइँदै

जनकपुरधाम । काठमाडौं महानगरपालिकाले आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने भएको छ । महानगरले आजदेखि १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई खोप दिन लागेको हो ।

आजदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने महानगरले जनाएको छ ।

महानगरका अनुसार खोप अभियान महानगरका ३२ वटै वडामा भदौ ४, ५, र ८ गते सञ्चालन हुने छ ।

Author:



क्याटोगरी छान्‍नुहोस