सनाखतका लागि महन्थ समूह पनि निर्वाचन आयोगमा

जनकपुरधाम । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका नेताहरु पनि सनाखतका लागि निर्वाचन आयोग आइपुगेका छन्।

महन्थ ठाकुरसहित लोसपाका नेताहरु सनाखतका लागि आयोगको कार्यालयमा पुगेका हुन्।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाववादी दर्ताका लागि निवेदन दिएका नेताहरु आइपुगेपछि लोसपाका नेताहरु पनि आयोगको कार्यालय पुगेका हुन्।

आयाेगले बिहान ११ बजेदेखि २ बजेसम्म सनाखतका लागि समय निर्धारण गरेकाे छ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर समूह दलबिहीन बनेको थियो।

२० प्रतिशत हिस्सा पुगे नयाँ दल दर्ता गर्न सकिने प्रावधानसहित सरकारले अध्यादेश जारी गरेपछि ठाकुर र नेपाल समूहलाई राहत मिलेको हो।

दुवै पार्टीका नेताहरुको सनाखत गरेर आजै दल दर्ताको प्रमाणपत्र दिने तयारी आयोगले गरेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस