सनाखतका लागि चन्द्रागिरिबाट सीधै निर्वाचन आयोग पुग्यो नेपाल समूह

जनकपुरधाम । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरू सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । पार्टी अध्यक्ष माधव नेपालसहितका नेताहरू आयोग पुगेका हुन् । केन्द्रीय कमिटीको बैठकका लागि नेताहरू सोमबारदेखि चन्द्रागिरीमा थिए । उनीहरू त्यहाँबाट सिधै निर्वाचन आयोग पुगेका हुन् ।

आयोगले सनाखतका लागि आज बिहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएको छ । सोही समयभित्र नेपाल पक्षधर नेताहरू आयोगमा पुगेका हुन् ।

पछिल्लो समय तीव्र विवाद देखिएको एमाले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएसँगै विभाजित हुन पुगेको हो । सरकारले केन्द्रीय कमिटी वा संसदीय दलका २० सदस्य भए पार्टी विभाजन गर्नसक्ने खुकुलो व्यवस्थासहितको अध्यादेश ल्याएको हो ।

आन्तरिक विवादमा लामोसमयसम्म माधव नेपाललाई साथ दिँदै आएका स्थायी कमिटीका सदस्यहरू एमालेमै रहने भए पनि माधव नेपाल नयाँ पार्टी गठनका लागि अगाडि बढेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस