पछिल्लो २४ घण्टामा २४८२ जना संक्रमित, ४४ जनाको मृत्यु

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४८२ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा १५ हजार २९० जनाको पिसिआर र एन्टीजेन परीक्षण गर्दा २ हजार ४८२ जना संक्रमित पुष्टि भएका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७११ ज्नाको पिसिआर परीक्षण गर्दा १ हजार ८६२ जना र ५ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ६२० जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर ४४ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म १० हजार ६१२ जना संक्रमितको मृत्यु भएको छ।

२४ घण्टामा देशभर १ हजार ७८१ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९३ दशमलब ५ प्रतिशत रहेको छ।

देशभर ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेका छन्। तीमध्ये ३५ हजार २५० जना संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन्। ६१० जना आइसियु र १६१ जना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज ३९६ जना होम आइसोलेसनमा रहेका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780