जसपा फुटेको छैन, ओली प्रतिगमनका केही मतियार छुट्टिएका मात्रै हुन् : उपेन्द्र यादव

बिराटनगर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको रक्षाको लागि गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको आधारमा जसपा चाँडै सरकारमा जाने बताएका छन् ।

जसपाको सातवटै प्रदेशमा आह्वान गरिएको प्रदेश स्तरीय पार्टी सुदृढीकरण एवम् जनजागरण अभियान अन्तर्गत बुधबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, “संघीय गणतन्त्र, सामाजिक न्याय, जनताको आधारभूत आवश्यकता, न्यूनतम साझा कार्यक्रम र जसपाको एजेन्डालाई मुख्य आधार बनाएर आगामी हप्ताभित्रै सरकारमा सहभागी हुन्छौँ ।”

अर्को प्रसंगलमा यादवले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ‘हिटलर जस्तै’ निर्वाचित तानाशाह बन्न खोजेकोले उनको पतन भएको दाबी गरे ।

यादवले निर्वाचन आयोगले दिएको आधिकारिताको हिसाबसले जसपा फुटेको नभई प्रतिगमनका केही मतियारहरू भागेको टिप्पणी गर्दै युद्ध र अभियानमा हिँड्दा केही कमजोरहरू बाटोमै छोडिएका बताए ।

“८० प्रतिशत केन्द्रीय सदस्य जसपाको बैठकमा सहभागी छन् । रुखको बोक्रा सुकेर उप्किएको मात्रै हो । पार्टी फुटेको छैन,” यादवले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780