भत्ता निकाल्न नागरिकतासम्म किर्ते, वडा सचिव ठाकुर पक्राउ

राजविराज, ९ भदौ । सरकारी कागज, छाप र नागरिकता किर्ते गरेको आरोपमा सप्तरीमा एक जना वडा सचिवलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–२ का वडा सचिव विनोद ठाकुर छन् ।

उच्च अदालत जनकपुर, राजविराज इजलासमा स्थानीयले चार जनामाथि मुद्दा दायर गरेका थिए । अदालतबाट भएको आदेशअनुसार वडा सचिव ठाकुरलाई गत साउन २४ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । यद्यपी, अन्य तीन जना आरोपी फरार छन् ।

ठाकुरसहितकामाथि मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता वापत रकम उठाएको आरोप छ भने एउटै व्यक्तिको फरक–फरक नागरिकता बनाएर भत्ता उठाएका छन् । केहीको नागरिकतामा पनि उमेर बढाएर सामाजिक सुरक्षा भत्ता वापतको रकम उठाएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

उनका अनुसार २०७४/०७५ देखि नै ठाकुरसहितकाले ७८ जनाको त्यसरी सामाजिक सुरक्षा भत्ता उठाएको आरोप छ । पक्राउ परेका ठाकुरमाथि सरकारी कागज छाप किर्ते र किर्ते नागरिकता मुद्दामा थप गराइ अनुसन्धान भइरहेको छ भने अन्य तीन जनाको खोजी कार्य भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780