एसिडपीडित आरतीलाई प्रदेश-२ सरकारको ५ लाख सहयोग हस्तान्तरण

जनकपुरधाम । एसिडपीडित आरती साहलाई प्रदेश-२ सरकारले ५ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आज पीडित साहलाई चेक हस्तान्तरण गरेका हुन् । उनीमाथि एसिड प्रहार भएलगत्तै मुख्यमन्त्री राउतले आर्थिक सहयोगको घोषणा गरेका थिए ।

जनकपुरधाम उपमहानगर-७ स्थित डेरामा बसेका बेला आरती र उनकी छोरी रियामाथि श्रीमान सञ्जिव साहले ०७७ कार्तिक २७ मा एसिड छ्यापेका थिए । जिल्ला अदालतले उनका श्रीमानलाई दोषी ठहर गरिसकेको छ ।

एसिडले आरतीको १५ प्रतिशत भाग जलेको छ भने दाहिने आंखा पनि गुमेको छ । अझै उपचाररत उनी प्रदेश सरकारले प्रतिबद्धता जनाए पनि आर्थिक सहयोग नगरेको गुनासो गर्दै आएकी थिइन् ।

Author:



क्याटोगरी छान्‍नुहोस