सप्तरीमा विद्यालय सञ्चालन गर्ने तयारी

राजविराज, १० भदौ । सप्तरीमा विद्यालय सञ्चालन गर्ने तयारी थालिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८ वटै स्थानीय तहका विद्यालयहरु सञ्चालन गर्ने तयारी थालिएको हो ।

विद्यालय सञ्चालन गर्न स्थानीय तहका प्रमुखहरु छलफलमा जुटेका छन् । बुधवार राजविराज नगरपालिका कार्यालयमा स्थानीय तहका प्रमुखहरुको सहभागीता रहेको बैठकमा सो बारे पहिलो चरणमा छलफल भएको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए । ‘स्वास्थ्य मापदण्डको पालना गरी यहाँका विद्यालयहरु सञ्चालन गर्न हामीले पहिलो चरणमा छलफल गर्यौं’ उनले भने–‘थप छलफल जारी नै छ, त्यसपछि मात्रै निष्कर्षमा पुग्न सकिन्छ ।’

कोभिड–१९ महामारीका कारण महिनौंदेखि विद्यालयहरु बन्द रहदा पठनपाठन प्रभावित भइरहेकोले स्वास्थ्य मापदण्डको पालना गरी भौतिक रुपमै विद्यालय सञ्चालन हुनुपर्ने उनको भनाई छ ।

उता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भावित कोरोना भाइरस संक्रमणको तेस्रो लहरले बालकालिका नै बढी प्रभावित हुनसक्ने भन्दै सचेत गराउदै आएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस