महालेखाको प्रतिवेदन : उदयपुरका कुन स्थानीय तहमा कति बेरुजु ?

उदयपुर, १० भदौं । उदयपुरको आठ स्थानीय तहमा बेरुजुको चाङ भेटिएको छ । महालेखा परीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनमा यस्तोे भेटिएको हो ।

महालेखा परीक्षकले उदयपुरका स्थानीय तह बेरुजुले थलिएको देखाएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औं वार्षिक प्रतिवेदन २०७८ काअनुसार उदयपुरका आठ स्थानीय तह बेरुजुले थलिएको भेटिएको हो ।

महालेखाकाअनुसार आर्थिक वर्ष २०७६्/०७७ उदयपुरमा सबैभन्दा बढि कटारी नगरपालिकाको बेरुजु देखिएको छ भने सबैभन्दा कम उदयपुरगढी गाउँपालिकाको देखिएकोे छ ।

प्रतिशतको हिसाबले आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा बढी बेरुजु लिम्चुङबुङ गाउँपालिका र सबैभन्दा कम उदयपुरगढी गाउँपालिकामा मलेप प्रतिवेदनले देखिएको छ ।

महालेखाका अनुसार कटारी नगरपालिकामा एक अर्ब ६३ करोड ९४ लाख २३ हजार मध्ये पाँच करोड ४३ लाख २७ हजार अर्थात ३ दशमलव ३१ प्रतिशत, त्रियुगा नगरपालिकामा दुई अर्ब ४२ करोड ७ लाख ६९ हजार मध्ये बेरुजु पाँच करोड चार लाख ८६ हजार अर्थात २ दशमलव ०९ प्रतिशत देखिएको छ ।

यस्तै बेलका नगरपालिकाको एक अर्ब ४४ करोड पाँच लाख ३५ हजार मध्ये २ दशमलव ७९ प्रतिशत अर्थात चार करोड एक लाख ७९ हजार, रौतामाई गाउँपालिकाको ९७ करोड ७८ लाख ४६ हजार मध्ये ३ दशमलव ६८ प्रतिशत अर्थात तीन करोड ५९ लाख ५४ हजार बेरुजु मलेप प्रतिवेदनमा उल्लेख छ ।

यस्तै लिम्चुङबुङ गाउँपालिकाको ५७ करोड २२ लाख ६८ हजार बजेट मध्ये ३ दशमलव ८१ प्रतिशत अर्थात दुई करोड १८ लाख १३ हजार, चौदण्डीगढी नगरपालिकाको एक अर्ब ६१ करोड ५५ लाख ५३ हजार मध्ये १ दशमलज २२ प्रतिशत अर्थात एक करोड ९६ लाख ३८ हजार बेरुजु मलेप प्रतिवेदनमा उल्लेख छ ।

यस्तै ताप्ली गाउँपालिकाको ६६ करोड तीन लाख ३७ हजारमध्ये २ दशमलव ५३ प्रतिशत अर्थात एक करोड ६७ लाख २३ हजार र उदयपुरगढी गाउँपालिकाको बजेट एक अर्ब १८ करोड १५ लाख ८७ हजार मध्ये शून्य दशमलव ८३ प्रतिशत अर्थात ९८ लाख चार  हजार मात्रै बेरुजु देखिएको मलेप प्रतिवेदनमा उल्लेख छ ।

बजेटको हिसाबले बेरुजु कटारी नगरपालिका पहिलो पाँच करोड ४३ लाख २७ हजार, दोश्रो त्रियुगा नगरपालिका पाँच करोड ४८ लाख ६ हजार, तेश्रो बेलका नगरपालिका चार करोड १७ लाख नौ हजार, चौथो रौतामाई गाउँपालिका ३ करोड ५९ लाख ५४ हजार, पाँचौँ लिम्चुङबुङ गाउँपालिका दुई करोड १८ लाख १३ हजार, छैटौँ चौदण्डीगढी नगरपालिका एक करोड ९६ लाख ३८ हजार, सातौं ताप्ली गाउँपालिका एक करोड ६७ लाख २३ हजार, आठौँ उदयपुरगढी गाउँपालिका ९८ लाख चार हजार प्रतिवेदनमा उल्लेखमा छ ।

जसमा प्रतिशतको हिसाबले बेरुजु बढी हुनेमा लिम्चुङबुङ गाउँपालिका ३ दशमलव ८१, रौतामाई गाउँपालिका ३ दशमलव ६८, कटारी नगरपालिका ३ दशमलव ३१, बेलका नगरपालिका २ दशमलव ७९, ताप्ली गाउँपालिका २ दशमलव ५३, त्रियुगा नगरपालिका २ दशमलव ०९, चौदण्डीगढी नगरपालिका १ दशमलव २२ र उदयपुरगढी गाउँपालिका शून्य दशमलव ८३ प्रतिशत रहेको छ । न्यूज खारखाना

Author:



क्याटोगरी छान्‍नुहोस