सप्तरीमा एक कुखुरा फर्म आगलागी हुँदा १० लाखको क्षति

राजविराज, १२ भदौ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–७ स्थित एक कुखुराको फर्ममा गए राति आगलागी भएको छ । स्थानीय चन्द्रभूषनकुमार सिंहले सञ्चालन गर्दै आएको संगीता कृषि कुखुरा फर्ममा आगलागी भएको हो ।

आगलागीमा कुखुराको दाना, चल्ला र फर्म जलेर नष्ट भएको सञ्चालक सिंहले बताए । उनका अनुसार घुरबाट आगलागी हुँदा दुईवटा घर, एक हजार दुई सय कुखुरा जलेर १० लाखको क्षति भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस