सीसीएमसीले भन्यो : अघिल्लो महिना नेपालमा पुष्टि भएका संक्रमणमध्ये ८० प्रतिशतमा डेल्टा भेरिएन्ट

जनकपुरधाम । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गत जुलाई महिनामा नेपालमा पुष्टि भएका कूल संक्रमितमध्ये ८० प्रतिशत डेल्टा भेरियन्ट भेटिएको जनाएको छ ।

सीसीएमसीले जारी गरेको सूचनामा डेल्टा संक्रमण पुष्टि भएकामध्ये ९७ प्रतिशतले खोप नलगाएको पाइएको समेत उल्लेख छ  ।साथै, अन्य उमेर समूहमा भन्दा युवामा डेल्टा संक्रमण चाँडो हुने पाइएको समेत जनाइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले डेल्टालाई भेरिएन्ट अफ कन्सर्न अर्थात संक्रामक भाइरसको सूचीमा राखेको छ । यो भेरियन्टबाट बढी वयस्कहरु जोखिम रहेको देखिएको छ । यसैबीच, बेलायतमा यसैसाता गरिएको एक सोधमा कोरोनाको अल्फा र केन्टभन्दा डेल्टा प्रजातिबाट संक्रमित हुने बिरामीलाई दुईपटक अस्पताल भर्ना गर्नुपर्ने परिस्थिती देखिएको बीबीसीले जनाएको छ ।

डेल्टा अहिलेको लागि मुख्य चुनौति भएपनि पूर्ण डोज खोपले मृत्युदरको जोखिमलाई कम गर्ने समेत द लेन्सेन्ट सोधमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस