यस्ता छन् अर्थ मन्त्री साहका पाँच प्राथमिकता

राजविराज, १४ भदौ । प्रदेश २ सरकारको अर्थ मन्त्रालयका जिम्मेवारी पाएका शैलेन्द्र प्रसाद साहले आफ्ना पाँच वटा प्राथमिकता उल्लेख गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत आफ्ना प्राथमिकता उल्लेख गरेका हुन् ।

यसअघि उनी भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हाल्दै आएका थिए । पछिल्लो पटक हिजो (आइतवार) मात्रै प्रदेश सरकारले मन्त्रीहरुलाई फेरफेर गर्ने क्रममा उनलाई अर्थ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

–पहिलो कुरा वित्तीय अनुशासन कायम गर्नु।
–दोस्रो कुरा अर्थ मन्त्रालयकै कारण कुनै पनि कार्यक्रम कार्यान्वयनमा विलम्ब हुँदैन । त्वरित (शीघ्रातिशीघ्र) विनियोजित बजेट निकासा हुन्छ ।
–तेस्रो कुरा, कुनै पनि मन्त्रालयका योजनाको औचित्य र आवश्यकताका आधारमा तिनको कार्यान्वयनका लागि समयमै स्रोत परिचालन गरिनेछ ।
–चौथो कुरा, योजना कार्यान्वयनको अनुगमन तथा मूल्यांकन प्रणालीलाई प्रभावकारी बनाइनेछ ।
–पाँचौं कुरा, मानव विकास सूचकांकमा कमजोर स्थितिमा रहेका शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रलाई प्राथमिकता दिइनेछ । कृषिमा आधारित अर्थतन्त्रको विकास गरिनेछ ।

 

Author:



क्याटोगरी छान्‍नुहोस