अमिताभ बच्चन अभिनित ‘उचाइ’ फिल्म नेपालमा सुटिङ हुने

काठमाडौं, १८ भदौ । बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । सिनेमा छायाँकनका लागि उनी नेपाल आउन लागेका हुन् ।

भारतीय मिडिया दैनिक भास्करका अनुसार सुरज बड्जत्याको निर्माण र निर्देशन रहने ‘उचाइ’ फिल्मको छायांकनका लागि अर्को महिना उनी नेपाल आउन लागेका हुन् ।

मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसँगै अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठीलगायतको अभिनय रहनेछ ।

राजश्रीको ब्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभ बच्चनले नेपालमा ४० देखि ४५ दिन बिताउने बताइएको छ । कोरोना भाइरसले सिर्जित अवस्थाका कारण नेपालमा फिल्मनगरी तंग्रिने तयारीमा रहेका बेला बलिउडका ठूला स्टार अमिताभ नेपाल आउनुलाई सकारात्मक मानिएको छ ।

अमिताभ बच्चन यसअघि पनि नेपाल आएका थिए । उनी ‘खुदा गवाह’ र ‘महान’ फिल्मको सुटिङका क्रममा नेपाल आएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस