१९ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित

जनकपुरधाम । देशभर हाल १९ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। पाँच प्रदेशका १९ वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को ३, बागमतीको ८, गण्डकीको ६, लुम्बिनीको एक र कर्णालीको एक वटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित छन्।

प्रदेश १ को मोरङ, सुनसरी र झापा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङजा र तनहुँ, लुम्बिनीको रुपन्देही र कर्णालीको सुर्खेतमा पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

यस्तै २० वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित छन्। यो सूचीमा धनकुटा, इलाम, धनुषा, बारा, सप्तरी, सिरहा, दोलखा, धादिङ, सिन्धुली, रामेछाप, लमजुङ, पर्वत, दाङ, गुल्मी, पाल्पा, बाँके, बर्दिया, जुम्ला, कैलाली र कञ्चनपुर छन्।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780