राजविराजमा भौतिक रुपमै पठनपाठन सुचारु हुँदै

राजविराज, १८ भदौ । सप्तरीको राजविराज नगरपालिकाले भौतिक रुपमा विद्यार्थी उपस्थित गराएर पठनपाठन सुरु गर्ने भएको छ । डिसिसिएमसीले स्थानीय तहलाई विद्यालय सञ्चालन गर्ने जिम्मेवारी तोकिएसँगै शुक्रवार बसेको नगर शिक्षा समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगरका सबै विद्यालय आइतबारदेखि सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकाका शिक्षा अधिकृत भोगेन्द्र प्रसाद यादवले बताए । ‘स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थीहरुलाई भौतिक रुपमै उपस्थिती गराएर पठनपाठन सुरु गर्न लागेका हौं’ उनले भने–‘जसकालागि विद्यालयहरुमा तयारी थालिएको छ ।’

उनका अनुसार विद्यालय सञ्चालन भएपछि विद्यार्थीहरुलाई अनिवार्य रुपमा थर्मल गनबाट तापक्रम परीक्षण गर्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने, हात धुने स्थानको व्यवस्थापन र कक्षा कोठामा स्यानिटाइजर राख्नुपर्नेछ ।

कुल ४३ वटा सामूदायिक र ४२ वटा निजी विद्यालय नगरमा करिब २२ हजार विद्यार्थी अध्ययनरत छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस