सप्तरीमा राष्ट्रिय परिचय पत्र बनाउन खटिएका कर्मचारीमाथि हातपात

राजविराज, १८ भदौ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा राष्ट्रिय परिचय पत्रको विवरण संकलन कार्यमा खटिएका कर्मचारीमाथि शुक्रवार हातपात भएको छ । वडा नम्वर ६ कोचाबखारीस्थित वडा कार्यालयमै विवरण संकलन गरिरहेका नायब सुब्बा देवानाथ साहमाथि हातपात भएको हो ।

सोही ठाउँका राजकुमार साह ‘लालजी’ले आफ्नो काममा ढिलाइ गरेको भन्दै कार्यालयभित्रै पसेर हातपात गरेको एक प्रत्यक्षदर्शीले बताए । कर्मचारीमाथि कुटपिट भएपछि घटनास्थलमा पुगेका ईलाका प्रहरी कार्यालयका टोलीले लालजीलाई नियन्त्रणमा लिएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस