सवारी लाइसेन्सको ट्रायल परीक्षा आइतबारबाट सुरु हुँदै

जनकपुरधाम । सवारी लाइसेन्सको लिखित परीक्षा पास गरेका र एक पटक ट्रायलमा फेल भएकाहरुलाई लागि भदौ २० गतेदेखि ट्रायल परीक्षा लिने भएको छ । विश्व व्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण रोकिएको लाइसेन्सको ट्रायल यही महिनाबाट सुरु गर्न यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

विभागले भदौ २० गतेदेखि लाइसेन्सको ट्रायल सुरु गर्न देशैभरीको यातायात कार्यालयमा पत्राचार गरिसकेको छ । विभागले लाइसेन्सको आवेदन दिएका आवेदकको ट्रायल लिखित र ट्रायल परीक्षा सकेपछि मात्रै नयाँ आवेदन खुलाउने बताएको छ ।

लाइसेन्सको लागि आवेदन दिनेहरूको संख्या देशभरबाट ६ लाख पुगेको छ । यी आवेदकको परीक्षा नसकी नयाँ आवेदन नखुलाउने विभागको तयारी छ । लिखित र ट्रायल परीक्षाका लागि आवेदकले अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गर्ने विभागले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस