मन्त्रीदेखि सांसदसम्मको मासिक तलब वृद्धि (सूचीसहित)

जनकपुरधाम । नयाँ आर्थिक वर्ष २०७८/७९ कार्यान्वयनमा आएसँगै मन्त्रीहरुको मासिक तलब वृद्धि भएको छ । सोमबार नेपाल राजपत्रमा जारी भएको तलबमानअनुसार साउन १ देखि नै मन्त्रीहरुको तलब बढेको छ । यसबारे अर्थ मन्त्रालयले राजपत्रमा प्रकाशित गर्दै पदाधिकारीको तलबमान सार्वजनिक गरेको छ ।

तलबमान सूचीअनुसार उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायक मन्त्री, प्रतिनिधिसभाका उपसभामुख, विपक्षी दलका नेता, राष्ट्रिय सभाका उपाध्यक्ष, संघीय संसदका मुख्य सचेतक, विपक्षी दलका प्रमुख सचेतक, सत्ता पक्षका सचेतकको तलब बढेको छ ।

यसैगरी समितिका सभापति (संघीय संसद), प्रदेश प्रमुख, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्य, सर्वाेच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीश, महान्यायधिवक्ता, न्या परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख र पदाधिकारी, उच्च तथा जिल्ला अदालततर्फ उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीश, जिल्ला अदालतका न्यायाधीशको पनि तलब बढेको छ ।

यसैगरी राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त र सूचना आयुक्त, संघीय संसदतर्फ महासचिव र सचिवको तलब पनि वृद्धि भएको राजपत्रमा उल्लेख छ । अर्थ मन्त्रालयका अनुसार नेपाल सरकारले ३ भदौमा नेपाल सरकारका विभिन्न ओहदाका पदाधिकारीको तलबमान निर्धारण गर्ने निर्णय गरेको छ । यो बढेको तलबमान १ साउनबाटै कार्यान्वयनमा आउने छ ।

वृद्धि भएसँगै कसको तलबः

-उपप्रधानमन्त्रीको तलब ७७ हजार ६४० रुपैयाँ
-मन्त्रीको तलब भने ७२ हजार ७३० रुपैयाँ
-राज्यमन्त्रीको तलब ६९ हजार ३० रुपैयाँ
-सहायक मन्त्रीको तलब ६७ हजार ५ सय ३० रुपैयाँ
-प्रतिनिधि सभाका उपसभामुखको तलब ७२ हजार ७ सय ३० रुपैयाँ
-आयोगका उपाध्यक्षको तलब ७२ हजार ७ सय ३० रुपैयाँ
-विपक्षी दलका नेताको तलब ७२ हजार ७ सय ३० रुपैयाँ
-संघीय संसदका मुख्य सचेतकको तलब ७२ हजार ७ सय ३० रुपैयाँ
-संघीय संसदको सत्ता पक्षको सचेतकको तलब ६९ हजार ३० रुपैयाँ
-संघीय संसद समितिका सभापतिको तलब ६९ हजार ३० रुपैयाँ
-संघीय सांसदको तलब ६६ हजार ७० रुपैयाँ
-प्रदेश प्रमुखको तलब ७६ हजार २ सय ४० रुपैयाँ
-राष्ट्रिय योजना आयोगका उपाध्यक्षको तलब ६९ हजार ३० रुपैयाँ
-राष्ट्रिय योजना आयोगका सदस्यको तलब ६७ हजार ५ सय ३० रुपैयाँ
-सर्वोच्चका प्रधानन्यायाधीशको तलब ८८ हजार ९५० रुपैयाँ
-न्यायाधीशको तलब ७३ हजार ९५० रुपैयाँ
-महान्यायाधिवक्ताको तलब ७३ हजार ९५० रुपैयाँ
-न्याय परिषद्का सदस्यको तलब ७३ हजार ९५० रुपैयाँ
-संवैधानिक निकायतर्फ प्रमुखको तलब ७० हजार १ सय ८० रुपैयाँ
-संवैधानिक निकायतर्फ पदाधिकारीको तलब ६६ हजार ४ सय २० रुपैयाँ
-उच्च तथा जिल्ला अदालततर्फ उच्च अदालतका मुख्य न्यायाधीशको तलब ७० हजार १ सय ८० रुपैयाँ
-उच्च अदालतका न्यायाधीशको तलब ६६ हजार ४ सय २० रुपैयाँ
-जिल्ला न्यायाधीशको ५६ हजार ४ सय ३० रुपैयाँ
-राष्ट्रिय सूचना आयोगतर्फ प्रमुख सूचना आयुक्तको तलब ७० हजार १ सय ८० रुपैयाँ
-सूचना आयुक्तको तलब ६६ हजार ४ सय २० रुपैयाँ
-संघीय संसदतर्फ महासचिवको तलब ६७ हजार १ सय ४० रुपैयाँ
-संघीय संसदतर्फ सचिवको तलब ६२ हजार ६ सय ८० रुपैयाँ

Author:



क्याटोगरी छान्‍नुहोस