लागुऔषधीसहित दुई भारतीय र एक सप्तरीका युवक पक्राउ

राजविराज, २८ भदौ । सुनसरी प्रहरीले दुई भारतीय नागरिकसहित तीन जना युवकलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ठुलो परिमाणमा लागुऔषधी बरामद गरिएको छ ।

पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ का २२ वर्षीय सुरज ठाकुर तथा भारत विहार राज्यको सुपौल जिल्लाका भगवानपुर पंञ्चायत सम्दाहा गडी–१२ का २२ बर्षीय अवधेष कुमार मण्डल र सोही ठाउँका २५ बर्षीय रोशन मण्डल छन् ।

उनीहरुलाई सुनसरीको कोशी गाउँपालिका–८ कोशीकटानबाट आइतवार पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । उनीहरुको साथबाट डाईलेक्स डिसी ६० बोतल, स्पास्मो प्रोक्सीभन १ हजार क्याप्सुल र २० हजार भारतिय नोट बरामद गरिएको प्रहरीले जनाएको छ । तीनै जनाउपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिमके कारवाही अगाडी वढाईएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस