अवैध रुपमा ल्याइएको १९ लाखको औषधी बरामद

विराटनगर,२७ भदौं । प्रहरीले भारतबाट अवैध रुपमा ल्याइएको १९ लाख रुपैयाँ बराबरको औषधी बरामद गरेको छ ।

मोरङको विराटनगरस्थित रानी दक्षिण गेटमा वेवारिसे अवस्थामा रहेको सो औषधी बरामद गरिएको हो ।

बोर्डरको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको टोलीले बरामद गरेको सो औषधी नेपालमा प्रतिबन्धित रहेको जनाएको छ । औषधी लिएर आइरहेका व्यक्ति प्रहरी टोली देखेर भागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

Author:



क्याटोगरी छान्‍नुहोस