प्रेमिकाको अश्लिल फोटो र भिडियो सार्वजनिक गरेको आरोपमा पक्राउ

जनकपुरधाम, २८ भदौ । प्रेमिकाको अश्लिल फोटो र भिडिओ सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा पोष्ट गरी चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–८ ठेगाना भइ काठमाडौं टोखास्थित धनेश्वर बस्ने २३ वर्षीय सुजन जिरेल छन् ।

प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लिल फोटो तथा भिडियोहरू प्रेमिकासँग विवाद परे पश्चात उनले सामाजिक सञ्जालमा पोष्ट गरी चरित्र हत्या गरेको बताइएको छ । सो सम्बन्धमा उजुरी परेपछि प्रहरीले जिरेललाई काभ्रेको पाँचखालबाट पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका अनुसार उनलाई विद्युतीय कारोवार ऐन कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780