चुनावलाई लक्षित गरी ४८ घण्टा नेपाल–भारतको सीमा सिल गर्ने निर्णय

जनकपुरधाम, २८ भदौ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा सोमबार नेपाल–भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्न भएको छ । नेपालको तर्फबाट प्रदेश २ का जिल्ला र भारतको तर्फबाट बिहारका केहि जिल्लाका सुरक्षा अधिकारीको सहभागितामा बसेको बैठकले दुई देशको सुरक्षाबारे छलफल भएको हो ।

बिहारमा आगामी सेप्टेम्बर २९ तारेख (असोज १३ गते) देखि एघार चरणमा हुन लागेको ग्राम पञ्चायतको निर्वाचनलाई लक्षित गरी संयुक्त बैठक आयोजना गरिएको थियो । बिहारमा हुने चुनावलाई लक्षित गरी ४८ घण्टा दुबै देशको सीमा सिल गर्ने निर्णय समेत भएको छ ।

निर्वाचनमा मदिराले अवाञ्छित गतिविधी गर्न सक्ने भएकाले त्यसको निर्णय गर्न भारतीय पक्षका अधिकारीले आग्रह गरेका थिए । यसैगरी लागूऔषधले नेपालमा धेरै नकारात्मक प्रभाव पारिरहेकाले त्यसको नियन्त्रण गर्न आग्रह गरिएको छ । दुबै पक्ष यसलाई नियन्त्रण गर्ने बिषयमा सहमत भएको छ ।

बैठकमा सप्तरी, सिरहा, महोत्तरी र धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र नेपाल प्रहरीका प्रहरी उपरीक्षकहरु, सशस्त्र प्रहरी उपरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा भारतको तर्फबाट दरभंगाका डिभिजन कमीस्नर, मधुबनी जिल्लाका डिएम, प्रहरी उपरीक्षक र एसएसबीका प्रमुख लगायतको सहभागीता थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस