टिपरको ठक्करबाट बालिकाको मृत्यु

सुनसरी, ३१ भदौ । सुनसरी दुहबी नगरपालिका–९ छाताबेलीस्थित जय बाबा ईट्टा भट्टा उद्योगभित्र टिपरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही भट्टामा मजदुरी गर्दै आएका भारत वेस्ट बंगालका रफिकुल इस्लामकी ९ वर्षीया बबिता खातुन छन् ।

बुधवार बेलुका को १ ख ५४५१ नम्बरको ट्रिफरले बालिकालाई ठक्कर दिएको थियो । ठक्करबाट बालकको घटनास्थलमैै मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

चालक धनकुटाको सहिद भुमी गाउँपालिका–४ का ३० वर्षीय हेमराज राई र टिपर ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस