प्रदेश १ मा थपिए दुई मन्त्री र तीन राज्यमन्त्री

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले मन्त्रिमण्डल विस्तार गरेका छन् । पार्टी विभाजनपछि अल्पमतमा परेका आचार्यले बुधबार साँझ दुई मन्त्री र तीन राज्यमन्त्री थपेका हुन् ।

हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाइएको छ ।

यस्तै, ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, उत्तमकुमार बस्नेत उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री र लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनेका छन् ।

उनीहरूले बुधबारै बेलुका पद तथा गोपनीयताको शपथ लिएका छन् । आचार्यले मुख्यमन्त्री बनेको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । आचार्य भदौ १० गते मुख्यमन्त्री बनेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस