प्रम देउवालाई डा. भट्टराईकाे पाँच सुझाव

जनकपुरधाम । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँचवटा सुझाव दिएका छन् । उनले प्रधानमन्त्री देउवा, पूर्व प्रधानमन्त्री प्रचण्ड र माधव नेपालसँग विहिवारको भेटमा ती सुझावहरू दिएका हुन् ।

यस्ता छन् भट्टराईका सुझावहरू:

१. अध्यादेशको विषय छिटो छिनोफानो गरेर सरकारलाई छिटो भन्दा छिटो पूर्णता दिने ।
२. राष्ट्रिय सहमति कायम गरी एमसीसी पारित गर्ने ।
३. प्रतिपक्षीसँग छलफल गरेर बजेट पास हुने वातावरण बनाउने ।
४. गठबन्धनका सबै प्रमुख दल र दलका शीर्ष नेताहरूले राष्ट्रिय सहमति कायम गरी अहिलेको गठबन्धनलाई संसद्को पूर्ण कार्यकाल र चुनावसम्म नै लैजाने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने ।
५. जनचासो र जनहितका सामाजिक मुद्दाहरूलाई प्राथमिकतामा राखेर गठबन्धनका राजनीतिक पार्टीहरू र सरकारले समन्वय गरी समाधान खोज्नतिर लाग्नुपर्ने ।

Author:



क्याटोगरी छान्‍नुहोस