घरदैलोमै नागरिकताः ४८६ जनाले लिए सेवा

लहान । सिरहाको धनगढीमाई नगरपालिकाले आयोजना गरेको जनताको घरदैलोमै नागरिकता वितरण कार्यक्रम अन्तर्गत ४८६ जनाले सेवा लिएका छन् । विपन्न एवम् अशक्तलाई लक्षित गरी सो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रम अन्तर्गत २८५ महिला तथा २०१ जना पुरुषले नागरिकता लिएको जनाएको छ । सो कार्यक्रममा नगर प्रमुख हरिनारायण चौधरीले विविध कारणले नागरिकता पाउन नसकेका नगरवासीलाई नगरपालिकाकै सक्रियतामा जिल्ला प्रशासन कार्यालय सिरहामा पुगेर नागरिकता लिन अधिकतम सहयोग गरिने बताए ।

उनले नागरिकता वितरण कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुमा अभार व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस